काठमाडौ । अध्यागमन विभागमा कार्यरत केही कर्मचारीहरुमा पैसा नभइ यताका फायल उता नसार्ने प्रवित्तिले नेपालमा बसी विभिन्न व्यवासाय गर्दै आएका, विभिन्न क्षेत्रमा लगानी गरेका तथा लगानी गर्न चाहने विदेशी नागरिकहरु आजित भएका छन् ।
नेपालमा उद्योग व्यवसायमा लगानी गरेका, तथा विभिन्न व्यवसायमा संलग्न रहेका बिदेशी नागरिकहरुको भिसा नविकरण गर्नुपर्छ । उनीहरुले गरेको लगानीको आधारमा उनीहरुको भिसा नविकरण शुल्क र समय तोकिने गर्छ । ३ महिना देखि ५ वर्षसम्मकोलागि भिसा नविकरण गर्न सकिने कानुनमा व्यवस्था छ । उद्योग विभागले गरेको सिफारिशको आधारमा अध्यागमनले विदेशी नागरिकहरको भिसा नविकरण गर्ने गर्छ । त्यसैले सबै काम एउटै कार्यालयबाट होस भन्ने उदेस्यबाट त्रिपरेश्वरस्थित उद्योग विभाग परिसर भित्रै अध्यागमनको एउटा शाखा राखिएको छ । त्यसको नाम एकल विन्दु सेवा राखिएको हो । ताकि भिसा नबिकरण सम्बन्धी सबै कार्यालयबाट हुने काम एकै ठाउँबाट हो्स र सेवाग्राहीहरुले अनाबश्यक दुख नपाउन् । उदेस्य राम्रो भएपनि विभागका केही कर्मचारीहरुको कारण सेवा ग्राहीहरुले निकै सास्ती भएका छन् ।
त्यस कार्यालयमा अध्यागमनको तर्फबाट विजनेश शाखाकी शाखा अधिकृत बिन्दुकुमारी शर्मा र सुब्बा इश्वर सुबेदी बस्ने गर्छन तर त्यस कार्यालयलाई विभागकी उपसचिव तथा एजेन्सी शाखाकी निर्देशक गिता घिमिरेले हेर्ने गर्छिन । तर उनी त्रिपुरेश्वर जाने गर्दिनन । विभागको कार्यालयबाटै त्रिपुरेश्वरको समेत जिम्मेवारी हेर्ने गर्छिन ।
यसअघि उनी ललितपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी भइ काम गरीसकेकि छिन् । पैसाको मामिलामा उनी चपुचाप बसेको जस्तो गर्छिन । त्यही कारण तलका कर्मचारीहरुले भिसा नबिकरणको विषयमा लापरबाही र पैसाको मोलमोलाइ गरीरहेका छन् । सोत भन्छ, शर्मा र सुबेदीले सुरुमै महगों माग गर्ने गर्छन ।
स्रोतका अनुसार शर्मा र सुबेदीले घुसको रेट नै तोकेर भिसा नकिवरणको काम गर्ने गर्छन । पैसा पाए भने तुरुन्त काम गर्छन । पैसा पाएनन भने विभिन्न कारण देखाउँदै समय लम्ब्याउने गर्छन । कहिले के पुगेन, कहिले के पुगेन भन्दै टार्ने गर्छन–स्रोत भन्छ । उनीहरुले आफूले पाएको पैसा हाकिमलाई समेत बुझाउनु पर्छ भन्दै सोझै अध्यागमनका महानिर्देशक रामचन्द्र तिवारीको नाम लिने गर्छन । तिवारीको छवि त्यती राम्रो छैन । उनी अनियमितामा पटक पटक तानिएका छन् । त्यसमा पनि शर्मा र सुबदीलाई तिवारीले नै संरक्षणण गरेका हुन कि भन्ने आसंका अध्यागनमका अन्य कर्मचारीहरुले गरेका छन् । ‘नभए तिवारी सरले ले विबादित कर्मचारीलाई एउटा शाखाबाट अर्को शाखामा किन सरुवा गर्न सक्नुहुन्न ? जबकि एउटा खाशाबाट अर्को शाखामा सरुवा गर्न सामान्य प्रक्रिया हो । यो कार्यालयको आन्तरिक विषय हो । यसमा निर्वाचन आचार संहिता लाग्ने विषय पनि होइन’एक कमृचारी भन्छन ।
स्रोत भन्छ, पैसा पाए भने शर्मा र सुबेदी भिसा नविकरण गर्न कागजात हेर्न गर्दैनन । सोझै भिसा नविकरण गर्ने गर्छन । तर पैसा पाएनन भने कागजात पुगेन भन्दै दुख दिने गर्छन ।भिसा नविकरण गर्न विदेशी नागरिकहरु आफै त्रिपुरेश्वर पुग्दैनन । उनीहरुको तर्फबाट प्रतिनिधि तथा कन्सल्टेन्सि व्यवसायीहरु फायल बोकेर त्रिपुरेश्वर पुगेका हुन्छन । ती व्यक्तिहरुबाट शर्मा र सुबेदीले पैसा असुल्ने गर्छन । त्यसैले एकल बिन्दु सेवालाई अध्यागनमका कर्मचारीहरुले अर्को भन्सार भनेर बुझ्ने गर्छन त्यहाँ जान विभागका महानिर्देशकसँग पहुँच भएका कर्मचारीहरुले मात्र अवसर पाउने गर्छन । यस विषयमा अख्तियारको ध्यान जाने कहिले ?


