नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। सेयरधनी ओझाले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्नका लागि निवेदन दिएकोले कम्पनीले सो सेयर बिक्रीमा राखेको हो।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूका लागि कम्पनीले ३५ दिनको समयावधि दिएको छ। सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।


