Banijya News

तोलामै ५४०० सयले घट्यो सुनको मूल्य , चाँदी के भयो ?

1
1.2K Shares

नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज ५४ सयले घटेर ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १४० रुपैयाँमा घटेको हो । बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । आज सोही परिमाणको चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

1

Scroll to Top