परीक्षा पास गरेर राजस्वसमेत तिरेका करिब २७ लाख नेपाली सेवाग्राही वर्षौं बित्दा पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउनबाट वञ्चित भएका छन् । यातायात व्यवस्था विभाग का अनुसार देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयमार्फत सेवा उपलब्ध भए पनि सन् २०२२ देखि लाइसेन्स छपाइमा अवरोध हुँदा ठूलो संख्यामा सेवाग्राही प्रतीक्षामा रहेका छन्। लाइसेन्स नपाउँदा सेवाग्राहीले ट्राफिक जाँचका क्रममा समस्या भोग्दै आएका छन्। लाइसेन्स छपाइ र वितरणमा ढिलाइ हुनु विभागको समन्वयमा हुने छपाइ प्रक्रिया, प्रदेश र संघबीचको जिम्मेवारी विभाजन तथा संरचनागत कमजोरी रहेका छन्। सबै यातायात कार्यालय प्रदेश सरकारअन्तर्गत भए पनि छपाइ सुविधा भने अझै केन्द्रमै सीमित छ। हाल सुरक्षण मुद्रण केन्द्र मार्फत पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ भइरहेको छ। विभागका निर्देशक केशव खतिवडाका अनुसार अहिलेसम्म करिब ३० हजार लाइसेन्स छापिइसकेका छन्, तर छापिएका मध्ये झन्डै ७ हजार लिन सेवाग्राही नआएको समस्या पनि देखिएको छ।
आगलागीमा जलेका लाइसेन्सबारे भने अझै स्पष्ट निर्णय हुन सकेको छैन। हालसम्म कोशी प्रदेश ले मात्र निःशुल्क पुनः वितरण गर्ने निर्णय गरेको छ भने अन्य प्रदेशले निर्णय नगर्दा सेवाग्राही अन्योलमा छन्। दैनिक रूपमा २५ सयदेखि ३ हजारसम्म नयाँ तथा नवीकरणका आवेदन पर्ने गरेका छन् भने ‘इमर्जेन्सी’ लाइसेन्सको माग मात्र पनि २५०–३०० को हाराहारीमा छ। अहिले सुरक्षण मुद्रण केन्द्रले दैनिक करिब २५ हजार लाइसेन्स छाप्ने क्षमता विकास गरिसकेको जनाएको छ। विभागले बाँकी लाइसेन्सहरू छिटो छपाइका लागि चरणबद्ध रूपमा डेटा उपलब्ध गराउँदै असार मसान्तसम्म सबै पुराना लाइसेन्स वितरण गर्ने लक्ष्य लिएको छ।
अहिलेसम्म सात प्रदेशमध्ये कोशी प्रदेशले मात्र यसबारे निर्णय गरेको उनले बताए । अन्य प्रदेशले समयमै निर्णय गरिदिए सेवाग्राहीलाई अन्योल नहुने विभागका अधिकारीहरूको भनाइ छ । यसबारे विभागले सम्बन्धित प्रदेशलाई जानकारी गराइसकेको छ ।
अहिलेसम्म सात प्रदेशमध्ये कोशी प्रदेशले मात्र यसबारे निर्णय गरेको उनले बताए । अन्य प्रदेशले समयमै निर्णय गरिदिए सेवाग्राहीलाई अन्योल नहुने विभागका अधिकारीहरूको भनाइ छ । अहिले विभागमा यसबारे बुझ्न दिनहुँ केही सेवाग्राही आइरहेका हुन्छन् । विभागले यसबारे थप प्रदेशमा बुझ्न र सम्बन्धित यातायात व्यवस्था कार्यालयमा जान सुल्झाउने गरेको छ ।
दैनिक ‘इमर्जेन्सी’ लाइसेन्स छपाइको माग २५० देखि ३ सय छ । देशभरबाट नवीकरण र नयाँका लागि २५ सयदेखि ३ हजारले आवेदन दिने गरेका छन् । छपाइ गरेर दिने काम विभागको नभए पनि समन्वय भने गरिरहेको उनको भनाइ छ । विभागका अनुसार छपाइका क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखेर पठाउने गरिएको छ । अहिले कोशी प्रदेशका पहाडी जिल्लाअन्तर्गत रहेका यातायात व्यवस्था कार्यालयको डेटा निकालेर छपाइ गर्न पठाइँदै छ ।


