Banijya News

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि तीब्र चुनावी प्रतिस्पर्धा

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। आगामी वैशाख २१ र २२ गते आयोजना हुने यस साधारणसभाले महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ। महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि १३७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

कार्यक्रमको तालिकाअनुसार वैशाख २१ गते ललितपुरस्थित होटेल रोयल टुलिपमा साधारणसभाको उद्घाटन हुनेछ भने २२ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान कार्यक्रम तय गरिएको छ। यस निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि हेमराज ढकाल र सुरकृष्ण वैद्य आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्। ढकाल समूहलाई वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन रहेको छ भने वैद्य समूहलाई अञ्जन श्रेष्ठको साथ रहेको छ। महासंघका अनुसार यस पटक एसोसिएटतर्फका मतदाताको बाहुल्यता रहेको छ भने कुल २,१५३ मतदाताहरू निर्वाचनमा सहभागी हुनेछन्।

1

Scroll to Top