Banijya News

‘लालीबजारमा स्वस्तिमासँगै देखिए डेब्यु अभिनेता विशाल

1
1.1K Shares

चलचित्र ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटा देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरेको छ । रंगमञ्चमा अभिनेतासँगै निर्देशकको रुपमा चिनिएका विशाल ‘लालीबजार’मा अडिसनमार्फत छनोट भएका थिए ।

वैशाख १८ गतेदेखि प्रदर्शन हुने चलचित्रमा स्वस्तिमा र विशालसँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरीलगायतको अभिनय रहेको छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

1

Scroll to Top