Banijya News

सर्वोच्चद्धारा लुम्बिनी क्षेत्रको पर्खाल नजिकका उद्योग दुई वर्षभित्र सार्न परमादेश

1
1.1K Shares

सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको संरक्षणका लागि बनाएको पर्खालभन्दा १५ किलोमिटर वरिपरिका उद्योगहरू बन्द गर्न वा स्थानान्तरण गर्न परमादेश दिएको छ। जनहित संरक्षण मञ्चको तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा लगायतले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलले गएको भदौ ११ गते यस्तो फैसला सुनाएको थियो। जसको पूर्णपाठ हालसालै सार्वजनिक भएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र आसपास उद्योगहरू रहेको र त्यसले प्रदूषण भएको हुँदा उद्योगहरू बन्द गर्न वा स्थानान्तरण गर्न माग गरेको थियो।

उक्त रिटमाथि सर्वोच्चले लुम्बिनी क्षेत्र संरक्षण गर्न बनाइएका पर्खालको १५ किलोमिटरमा रहेका उद्योगहरू बन्द गर्न फैसला गरेको हो। ‘…गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दिर्घकालीन संरक्षणका लागि यो आदेश प्राप्त भएको मितिले २ वर्ष भित्र धुलो, धुँवा वा कार्बन जन्य प्रदूषण उत्सर्जन गर्ने लुम्बिनीको पर्खाल घेराको पूर्व, पश्चिम, उत्तर १५ किलोमिटर दूरीसम्मका र दक्षिणमा भारतीय सीमासम्मका बन्द वा स्थानान्तरण नभएका उद्योग तथा कलकारखाना बन्द गर्नू वा स्थानान्तरण गर्नू गराउनू,’ फैसलामा भनिएको छ।

1

Scroll to Top