Banijya News

अण्डाको मुल्यमा वृदि

1
1.1K Shares

नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मूल्य फेरि बढाएको छ । संघको कार्यसमितिको पछिल्लो निर्णयअनुसार आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो ।

नयाँ मूल्य अनुसार ठूलो अण्डा प्रति क्रेट रु ४७५, ठूलो अण्डा रु ४५० र मध्यम अण्डा रु ४०० कायम गरिएको छ। यसअघि चैत १६ गतेदेखि लागू भएको मूल्यको तुलनामा अहिले सबै प्रकारका अण्डामा प्रति क्रेट १५ रुपैयाँले वृद्धि भएको छ । अण्डाको मूल्यसँगै ढुवानी र प्याकेजिङ खर्चमा पनि वृद्धि भएको छ । चितवनबाट लोड भई देशभरका विभिन्न डिपोहरूमा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेट बापतको थप शुल्क यसअघि १४० रुपैयाँ रहेकोमा अब ५ रुपैयाँले बढेर १४५ रुपैयाँ कायम गरिएको छ।

संघका सचिव मदन पोखरेलका अनुसार, अण्डा उत्पादक किसानहरूको गहन छलफल र कार्यसमितिको निर्णय बमोजिम यो नयाँ दररेट कार्यान्वयनमा ल्याइएको हो । किसानहरूको लागत मूल्य र बजारको अवस्थालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको संघले जनाएको छ ।

1

Scroll to Top