Banijya News

अण्डाको मुल्यमा वृद्धि, प्रतिक्रेट कति ?

1
1.2K Shares

नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । 

गत माघ २२ गतेसम्म ठूलो अण्डा प्रतिक्रेट ४३५ र मिडियम ४०५ रहेकोमा मूल्य घटाएर ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको थियो । फेरि आजदेखि नेपाल लेयर्स संघले मूल्य बढाएको हो ।  अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

1

Scroll to Top