Banijya News

आइपीओ निष्कासन गर्दै घाम उर्जा लिमिटेड

1
1.1K Shares

घाम उर्जा सेवा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी सुरु गरेको छ। यस प्रक्रियालाई अगाडि बढाउन कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौता पत्रमा घाम ऊर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरे ।

उक्त साझेदारीले नेपालमा नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्न र कम्पनीको पूँजीगत संरचनालाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। विशेषगरी व्यावसायिक तथा औद्योगिक क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै घाम उर्जाले रूफ टप सौर्य ऊर्जा प्रविधि उपलब्ध गराउँदै आएको छ।

कम्पनीले १५ देखि २० वर्षको विद्युत खरिद सम्झौता मोडेलमा काम गर्ने भएकाले ग्राहकहरूले कुनै पनि प्रारम्भिक लागत बिना नै ऊर्जामा आत्मनिर्भर बन्ने अवसर पाउँछन्। यसले एकातिर उद्योगहरूको सञ्चालन खर्च घटाउन मद्दत पुर्‍याउँछ भने अर्कोतिर कार्बन उत्सर्जन न्यूनीकरण गरी जलवायु परिवर्तनको सामना गर्न पनि सहयोग पुग्छ। यस आईपीओ निष्कासनमार्फत कम्पनीले थप लगानी जुटाउँदै दिगो आर्थिक र सामाजिक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ।

1

Scroll to Top