Banijya News

आईपीओ निष्कासनका गर्दै सुप्रिम वाइन नेपाल, नेशनल क्यापिटल बिक्री प्रबन्धक

1
1.0K Shares

सुप्रिम वाइन नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले नेशनल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । साउन १४ गते पानीपोखरीस्थित नेशनल क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुई कम्पनीहरूबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सन् २०१५ (वि.सं. २०७१) मा स्थापित यस कम्पनीको मुख्य कार्यालय बुढानीलकण्ठ–३, काठमाडौँमा रहेको छ । कम्पनीले बजारमा ुअकिराु र ुसब मरीनु जस्ता लोकप्रिय ब्रान्डका प्रिमियम तथा फ्रुट वाइनहरू उत्पादन र बिक्री वितरण गर्दै आएको छ । लामो अनुभव भएको व्यवस्थापन टोलीद्वारा सञ्चालित यो कम्पनी हाल नाफामूलक अवस्थामा रहेको छ ।

कम्पनीले वाइन व्यवसायको विस्तारसँगै कृषि पर्यटन क्षेत्रमा समेत आफ्नो व्यवसाय विविधीकरण गर्ने दीर्घकालीन रणनीति बनाएको छ । आईपीओमार्फत सङ्कलित पूँजीलाई उत्पादन क्षमता वृद्धि, ब्रान्ड प्रवर्द्धन र कृषि पर्यटन योजना कार्यान्वयनमा प्रयोग गरी नेपालको अग्रणी वाइन उत्पादक बन्ने लक्ष्य कम्पनीको रहेको छ ।

नेपालको मदिरा उद्योग वार्षिक २० देखि २५ प्रतिशतले वृद्धि भइरहे पनि कुल मदिरा बजारमा वाइनको हिस्सा करिब १ प्रतिशत मात्र रहेको छ । उपभोक्ताको बदलिँदो रुचि र स्वदेशी प्रिमियम वाइनको बढ्दो मागका कारण यस क्षेत्रमा बजार विस्तारको ठूलो सम्भावना रहेको छ । यस आईपीओको निष्कासन व्यवस्थापन गर्ने नेशनल क्यापिटल लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंक हो ।

1

Scroll to Top