माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले शुक्रबार औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।
असार ३ गतेदेखि ८ गतेसम्म आईपीओमा आवेदन माग गरिएको थियो । आईपीओमा २८ लाख १५ हजार ६७९ आवेदन सदर भएको थियो । जसमध्ये १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणालीमार्फत हेर्न सकिनेछ ।
कम्पनीले सोलुखुम्बु जिल्लामा १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत् आयोजना सञ्चालन गरेको छ । जसको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
जसको प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको छ । पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.९७ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ५।१३ रुपैयाँ रहेको छ ।


