Banijya News

किसानलाई खेतीको समयमा मल अभाव नदोहोराउन सांसद पाठकको माग

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नदोहोरिने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।

किसान मुलुकका अन्नदाता भएको भन्दै उनले विगतमा जस्तै खेतीको समयमा मलका लागि याचना गर्नुपर्ने अवस्था फेरि आउन नहुने बताए । उनले भने, ‘किसान हाम्रा अन्नदाता हुन्। विगतमा झैँ खेतीको समयमा किसानले रासायनिक मलका लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस्। यस वर्ष सरकारले के तयारी गरेको छ ? म सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद पाठकले मल आपूर्तिका लागि सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन समेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

1

Scroll to Top