Banijya News

आईपीओ निष्कासन गर्दै माउन्ट एभरेष्ट डिष्टिलरी

1
1.2K Shares

माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्तावसहित वैशाख २० गते वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले १२ लाख ५० हजार कित्ता शेयर जारी गर्नका लागि सिद्धार्थ क्यापिटललाई यसअघि नै बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

साधारणसभाले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनुका साथै गत आर्थिक वर्षको वित्तीय विवरण र लेखापरीक्षक नियुक्तिको प्रस्तावमाथि समेत छलफल गरी पारित गर्नेछ।

वि.सं. २०६५ मा स्थापना भएको यस कम्पनीको उत्पादन केन्द्र रुपन्देहीमा रहेको छ, जहाँ हाल ब्लेन्डेड मदिरा र स्पिरिट उत्पादन हुँदै आएको छ। ७० युभी र ५० युपी ब्रान्डका उत्पादन बजारमा ल्याइरहेको कम्पनीले आगामी दिनमा प्रिमियम श्रेणीका मदिरा ब्रान्डहरू समेत सार्वजनिक गर्ने योजना बनाएको छ। हाल प्रतिदिन १० किलोलीटर स्पिरिट उत्पादन क्षमता रहेको यस डिष्टिलरीले आफ्नो व्यवसाय विस्तार र सार्वजनिक लगानीका लागि आईपीओको तयारीलाई तीव्रता दिएको हो।

1

Scroll to Top