Banijya News

५० प्रतिशत हकप्रद शेयर जारी गर्दै हिमालयन पावर पार्टनर

1
1.1K Shares

 हिमालयन पावर पार्टनर लिमिटेड ले वैशाख १७ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ कित्ता शेयर बराबर ०.५ कित्ताका दरले हकप्रद शेयर जारी गर्न लागेको हो।

यसअनुसार ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरका ५३ लाख २७ हजार ८५ कित्ता शेयर, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिनेछ। हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरिसकेको छ। त्यसअनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम म्याद जेठ ६ गतेसम्म तोकिएको छ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंक का बेंसीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखाबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा मेरो शेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ।

हकप्रदमार्फत संकलित रकम कम्पनीले सहवित्तीयकरण (कन्सोर्टियम) ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ। उक्त ऋण प्राइम कमर्सियल बैंक को अगुवाइमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी बाट लिइएको हो।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि चुक्ता पूँजी बढेर १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।

1

Scroll to Top