Banijya News

बुद्ध एयरको डिजिटल फड्को : अब सस्तो टिकटमा पनि माइलेज प्वाइन्ट-अनलाइनबाटै टिकट काट्न सकिने

1
1.1K Shares

बुद्ध एयरले नयाँ वर्ष २०८३ वैशाख १ गतेदेखि आफ्नो ‘रोयल क्लब फ्रिक्वेण्ट फ्लायर’ कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल र अनलाइन प्रणालीमा रूपान्तरण गर्दै यात्रुहरूका लागि नवीन सुविधा ल्याएको छ। यसअघि केवल रिफण्डेबल टिकटमा मात्र सीमित रहेको माइलेज प्वाइन्टको सुविधा अब सस्तो अर्थात् ‘नन-रिफण्डेबल’ टिकटमा पनि उपलब्ध गराइने भएको छ, जसले गर्दा सामान्य भाडामा यात्रा गर्नेहरूले समेत यसको प्रत्यक्ष लाभ उठाउन सक्नेछन्।

अब यात्रुहरूले संकलित माइलेज प्वाइन्ट प्रयोग गरी बुद्ध एयरको मोबाइल एप वा वेबसाइटबाटै सजिलै टिकट काट्न वा नगद बराबरको छुट प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यो सुविधा केवल हवाई उडानमा मात्र सीमित नभई विभिन्न होटल, रिसोर्ट, सुपरमार्केट र ग्रोसरी पसलहरूसँगको सहकार्यमार्फत अन्य क्षेत्रमा पनि छुट पाउन प्रयोग गर्न सकिनेछ।

नयाँ दर्ता हुने सदस्यहरूलाई १०० बोनस प्वाइन्ट प्रदान गर्ने घोषणा गर्दै संस्थापक वीरेन्द्रबहादुर बस्नेतले कम्पनीले वार्षिक करिब १६ करोड रुपैयाँ बराबरको छुट यात्रुहरूलाई वितरण गरिरहेको जानकारी दिएका छन । १ लाख ८५ हजार भन्दा बढी सदस्य रहेको यस क्लबमार्फत यात्रुहरूले जुनसुकै माध्यमबाट टिकट काट्दा पनि आफ्नो रोयल क्लब नम्बर उल्लेख गरेर भविष्यमा निःशुल्क टिकट वा आकर्षक डिस्काउन्टको फाइदा लिन सक्नेछन्।

1

Scroll to Top