Banijya News

प्रभु बैंकको २.४४ लाख कित्ता संस्थापक शेयर बिक्री खुला

1
1.1K Shares

प्रभु बैंक लिमिटेडले आफ्ना तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल २ लाख ४४ हजार १२४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई ३५ दिनको म्याद दिई प्राथमिकता दिइएकोमा सो अवधिमा शेयर बिक्री नभएपछि बैंकले अहिले अन्य इच्छुक व्यक्ति तथा संस्थाहरूका लागि यो प्रक्रिया अघि बढाएको हो।

बिक्रीमा राखिएको शेयरमध्ये किरण देवी अग्रवालको ११ हजार ८७ कित्ता, विनोद थकालीको २ लाख कित्ता र दुर्गा बहादुर श्रेष्ठको ३३ हजार ३७ कित्ता रहेको छ। यो शेयर खरिद गर्न चाहने सर्वसाधारणले आवश्यक कागजातहरू संकलन गरी आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

1

Scroll to Top