Banijya News

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन, अन्य निर्णय यस्ता

1
1.1K Shares

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोग उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थमन्त्रालय सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य रहने गरी समिति गठन गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । आजको मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णय गरेको छ । सञ्चारमन्त्री तिमिल्सिनाले निर्णयहरू सार्वजनिक गरेका छ्न् ।

तिमिल्सिनाका अनुसार मुख्य निर्णयहरू यसप्रकार छन्–

– प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

– नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

– मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

–समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) र सदस्यमा नवराज सिम्खडा (धादिङ) साथै रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्ति र मनोनयन

– धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन

1

Scroll to Top