Banijya News

एमालेको स्थापना दिवसमा अध्यक्ष ओलीले विशेष सम्बोदन दिने

1
1.1K Shares

नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्दै छन। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममार्फत उनले पार्टीको आगामी नीति र समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने तय भएको छ।

पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष ओलीले स्थापना दिवसका अवसरमा कार्यकर्ता र नेताहरूलाई लक्षित गरी सम्बोधन गर्न लागेका हुन । केही समयअघि मात्रै पित्त थैलीको पत्थरीको शल्यक्रिया गराएर वैशाख ५ गते घर फर्किएका ओलीले यसअघि राजनीतिक उतारचढावका कारण केही दिन हिरासतमा समेत बिताउनुपरेको थियो।

स्थापना दिवसको यस गरिमामय कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकाभित्र रहेका पार्टीका केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी तथा शुभेच्छुकहरूलाई एमालेले आह्वान गरेको छ। नेपालमा वि.सं. २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिस्ट पार्टीको जग बसालिएको ऐतिहासिक दिनको स्मरण गर्दै एमालेले हरेक वर्ष यस दिनलाई विशेष उत्सवका रूपमा मनाउँदै आएको छ।

1

Scroll to Top