Banijya News

गर्मी लक्षित गर्दै सीजीको ‘फ्रोस्टलाइन’ रेन्ज सार्वजनिक

1
1.0K Shares

 नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको प्रचण्ड गर्मीलाई लक्षित गर्दै आफ्नो डेजर्ट कुलर श्रेणीमा नयाँ र अत्याधुनिक “Frostline” रेन्ज सार्वजनिक गरेको छ।  कम्पनीको वार्षिक अभियान “Experience Life with CG” अन्तर्गत ल्याइएको यो नयाँ लाइनअपले उपभोक्तालाई शीतल र आरामदायी जीवन अनुभव गराउने लक्ष्य राखेको छ।

सीजीले ग्राहकको माग र आधुनिक घरहरूको आवश्यकतालाई ध्यानमा राख्दै Frostline सिरिजमा उच्च क्षमताका मोडेलहरू समावेश गरेको छ। यसमा 110 लिटर र 95 लिटर क्षमताका विशाल ट्याङ्की भएका कुलरदेखि 75 लिटर र 55 लिटर क्षमताका मिड–रेन्ज मोडेलसम्म रहेका छन्, जसले साना तथा मध्यम कोठाका लागि प्रभावकारी र ऊर्जा–दक्ष कुलिङ प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार Frostline कुलरमा डबल बल बेरिङ मोटर, आइस च्याम्बर, एड्भान्स्ड हनीकम्ब प्याड र शक्तिशाली एयर थ्रो जस्ता आधुनिक प्रविधिहरू प्रयोग गरिएको छ, जसले लामो समयसम्म स्थिर र प्रभावकारी शीतलता प्रदान गर्छ। सीजी इलेक्ट्रोनिक्सले विगत ४० वर्षदेखि नेपाली बजारमा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।

कम्पनीले देशभर २१ वटा शोरुम र ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। साथै, उपभोक्ताले आधिकारिक वेबसाइटमार्फत अनलाइन खरिद सुविधा पनि लिन सक्नेछन्। कम्पनीले “Experience Life with CG” अभियानमार्फत २०८३ सालभरि उपभोक्तालाई नवीन प्रविधि र गुणस्तरीय सेवामार्फत अझ राम्रो जीवन अनुभव दिलाउने प्रतिबद्धता व्यक्त गरेको छ।

1

Scroll to Top