Banijya News

फुटबल प्रेमीलक्षित सीजीको वर्ल्ड कप टु वर्ल्ड कप योजना

1
1.0K Shares

नेपालको स्थापित इलेक्ट्रोनिक्स ब्रान्ड सीजी तथा यसको प्रिमियम सिरिज सीजी मेरिडियाले नेपाली बजारमा आफ्ना टेलिभिजनहरूको खरिदमा अहिलेसम्मकै भिन्न र आकर्षक ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना सार्वजनिक गरेको छ। हरेक चार वर्षमा आउने फुटबलको महाकुम्भलाई केन्द्रित गर्दै कम्पनीले ‘४ वर्षको खेल, ४ वर्षकै वारेन्टी’ भन्ने मूल नाराका साथ यो विशेष अफर उपभोक्तामाझ ल्याएको हो।

विश्वकपको यो चार वर्षे चक्रलाई उत्सवका रूपमा मनाउन र ग्राहकलाई लामो समयसम्म ढुक्क सँग टेलिभिजनको आनन्द लिन दिनका लागि सीजीले यो आक्रामक बजारीकरण रणनीति अघि सारेको देखिन्छ। यो योजना जेठ २१ गतेदेखि सुरु भई आगामी साउन ३ गतेसम्म नेपालभरका आधिकारिक विक्रेताहरूमार्फत लागू हुने कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले सीजी र सीजी मेरिडियाका विभिन्न मोडेलका टिभी खरिद गर्दा आकर्षक छुटस्वरूप ३६ हजार रुपैयाँसम्मको बम्पर क्यासब्याक तुरुन्तै प्राप्त गर्न सक्नेछन्। यसका साथै कम्पनीले सीमित मोडलका टेलिभिजनहरूमा ४ वर्षको विशेष वारेन्टीको घोषणा गरेको छ, जसअन्तर्गत उपभोक्ताले २ वर्षको पूर्ण (फुल) वारेन्टी र थप २ वर्षको सर्भिस वारेन्टी पाउनेछन्। यो वारेन्टी सुविधा सुरक्षित गर्नका लागि ग्राहकले टिभी खरिद गरेपछि कम्पनीको टोल-फ्री नम्बर १६६००१०२२११ मा अनिवार्य रूपमा दर्ता गराउनुपर्ने प्रावधान राखिएको छ।

यसैगरी, मध्यमवर्गीय उपभोक्ताको क्रयशक्तिलाई ध्यानमा राख्दै सीजीले टिभी खरिदलाई थप सहज बनाउन विनाकुनै झन्झटिलो कागजी प्रक्रिया तुरुन्तै ‘सजिलो ईएमआई’ को सुविधा समेत उपलब्ध गराएको छ। यो किस्ताबन्दी सुविधा लिनका लागि ग्राहकले केवल आफ्नो ‘नागरिकता’ मात्र बुझाए पुग्ने व्यवस्था मिलाइएको छ। यसरी आकर्षक मूल्य छुट, लामो वारेन्टी र सरल वित्तीय सुविधाका कारण यो योजनाले फुटबल प्रेमीहरूमाझ नयाँ तरंग ल्याउने र बजारमा सीजी ब्रान्डको पकड अझ बलियो बनाउने विश्वास गरिएको छ।

1

Scroll to Top