Banijya News

प्रमाणबिना कठोर कदम नचाल्न नाइमाको आग्रह

1
1.0K Shares

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले शेखर गोल्छा पक्राउ प्रकरणप्रति चिन्ता व्यक्त गर्दै पर्याप्त प्रमाणबिना कसैमाथि कठोर कदम नचाल्न आग्रह गरेको छ।

नाइमाले एक विज्ञप्ति जारी गर्दै आफ्ना बोर्ड सदस्यसमेत रहेका गोल्छा पक्राउपछि यस्तो धारणा सार्वजनिक गरेको हो। एसोसिएसनले यस्ता विषयमा कारबाही अघि बढाउँदा सम्बन्धित व्यक्तिलाई स्पष्टिकरण दिने पर्याप्त अवसर प्रदान गर्नुपर्नेमा जोड दिएको छ।

नाइमाका अनुसार प्रक्रियागत स्पष्टता, सन्तुलन र विवेकपूर्ण निर्णयले मात्र समग्र प्रणालीप्रतिको विश्वास बलियो बनाउँछ। पर्याप्त प्रमाणबिना निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले राज्य प्रणालीप्रतिको विश्वास कमजोर पार्न सक्ने चेतावनीसमेत दिइएको छ।

साथै, नाइमाले निजी क्षेत्रले अर्थतन्त्र, रोजगारी सिर्जना र राजस्व संकलनमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्ने र विश्वासको वातावरण सुदृढ गर्ने जिम्मेवारी राज्यको भएको बताएको छ।

एसोसिएसनले सम्बन्धित निकायलाई संवेदनशीलता अपनाउँदै निष्पक्ष र पारदर्शी ढंगले विषयलाई अघि बढाउन अनुरोध गरेको छ।

1

Scroll to Top