Banijya News

अरुण काबेली पावरलाई ५० प्रतिशत हकप्रद जारी गर्न आयोगको अनुमति

1
1.0K Shares

विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि पूर्व-स्वीकृति प्रदान गरेको छ । २०८३ वैशाख ३ गते बसेको आयोगको ३०७ औं बैठकले कम्पनीलाई १:०.५ को अनुपातमा १ अर्ब ९४ करोड ७५ लाख ७१ हजार ५० रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो ।

हाल ३ अर्ब ८९ करोड ५१ लाख ४२ हजार १०० रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले हकप्रद मार्फत संकलन हुने रकममध्ये १ अर्ब रुपैयाँ काबेली बी-१ आयोजनाको बैंक ऋण तिर्न र बाँकी ९४ करोड ७५ लाख भन्दा बढी रकम ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीमा लगानी गर्ने योजना बनाएको छ ।

आयोगबाट प्रारम्भिक सहमति पाएसँगै अब कम्पनीले अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया अगाडि बढाउनेछ र बोर्डको अनुमति पछि मात्र सेयर निष्कासनको मिति तय हुनेछ ।

1

Scroll to Top