Banijya News

नेप्से अध्यक्ष हेमन्त बस्यालको राजीनामा, सरकारको अभियानलाई समर्थन

1
1.1K Shares

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्याल ले पदबाट राजीनामा दिएका छन्। नयाँ सरकारद्वारा राजनीतिक नियुक्ति लिएकाहरूलाई पद त्याग गर्न गरिएको आह्वानलाई समर्थन जनाउँदै उनले सोमबार औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

बस्याल सोमबार बिहान अर्थमन्त्रालय पुगेका थिए र प्रारम्भमा राजश्व सचिवमार्फत राजीनामा बुझाउन खोजेका थिए। तर, राजश्व सचिवले आफूले राजीनामा स्वीकार गर्ने अधिकार नभएको जनाउँदै उनलाई साँझ अर्थमन्त्रीसँग भेट्ने व्यवस्था मिलाइदिएका थिए। त्यसपछि साँझ ६ बजे उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँग भेटेर आफ्नो राजीनामा बुझाएका हुन्।

भेटका क्रममा बस्यालले सरकारको अभियानप्रति ऐक्यबद्धता जनाउँदै आफू जिम्मेवारीबाट अलग हुन लागेको जानकारी गराएका थिए। उनले आफ्नो कार्यकालमा नेप्से सुधार र व्यवस्थापनमा गरेको प्रयासबारे पनि संक्षिप्त जानकारी दिएका थिए।

अर्थमन्त्री वाग्लेले बस्यालको राजीनामा स्वीकार गर्दै उनको छोटो तर सफल कार्यकालको प्रशंसा गरेका छन्। उनले बस्यालको योगदानले पुँजी बजार सुधारमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरेका छन्।

1

Scroll to Top