Banijya News

प्रतिव्यक्ति आम्दानी १५ सय १३ अमेरिकी डलर पुग्ने, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने

1
1.1K Shares

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार देखिएको छैन । प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष २०८२/८३ मा पनि १ हजार ५३५ अमेरिकी डलर नै कायम रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बढेको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षको अन्त्यमा २ हजार ४४ अमेरिकी डलर कायम हुने भएको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत आर्थिक वर्षमा १ हजार ९९४ अमेरिकी डलर थियो । त्यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय सामान्य घटेको छ । यस्तो आय गत आर्थिक वर्षमा १ हजार ५१६ अमेरिकी डलर रहेकोमा यो आर्थिक वर्षमा १ हजार ५१३ अमेरिकी डलर रहने भएको छ ।

यस्तै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। तथ्यांकअनुसार यस वर्ष अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान छ। उपभोक्ता मूल्यका आधारमा गरिएको उक्त प्रक्षेपणमा वास्तविक मूल्यमा आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने अनुमान गरिएको छ। उपलब्ध ६–८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो प्रक्षेपण तयार गरिएको हो।

सरकारले चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको विवरण सार्वजनिक गरिएको छ ।

1

Scroll to Top