Banijya News

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब २६ करोड कारोवार

1
1.1K Shares

सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ मा अडिएको छ। यसदिन २४१ स्टकको १ करोड ७४ हजार ५२४ कित्ता सेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये २४४ स्टकको मूल्य घट्दा २७ वटाको वृद्धि भयो। दुई वटाको स्थिर रह्यो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। माइक्रोफाइनान्स समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।

1

Scroll to Top