Banijya News

सरकारले निजी क्षेत्रका एजेन्डालाई आफ्नै रूपमा ग्रहण गर्दै अघि बढेको छ : निवर्तमान अध्यक्ष ढकाल

1
1.1K Shares

नेपाल उद्योग वाणिज्य महासंघ का निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रको उत्थान, कानुनी अड्चन फुकाउने र सरकारसँगको सम्बन्ध सुधार गर्ने दिशामा ऐतिहासिक पहलहरू भएको बताएका छन्। बुधबार महासंघको जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

ढकालले निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे। उनका अनुसार विगतमा निजी क्षेत्रका मागहरू सम्बोधन गराउन आन्दोलन, हड्ताल वा बन्दजस्ता उपाय अपनाउनुपर्ने अवस्था थियो, तर पछिल्लो समय सरकारले निजी क्षेत्रका एजेन्डालाई आफ्नै रूपमा ग्रहण गर्दै अघि बढाएको छ। यसले सरकार–निजी क्षेत्र सम्बन्धमा नयाँ आयाम थपिएको उनले बताए।

उनले वर्षौँदेखि थाती रहेका कानुनी तथा नीतिगत सुधारका मुद्दाहरूलाई आफ्नो नेतृत्वमा तार्किक निष्कर्षमा पु¥याउने प्रयास गरिएको बताए। विशेषगरी वैदेशिक प्रत्यक्ष लगानी (ँम्क्ष्) भित्र्याउने, आन्तरिक लगानी प्रवद्र्धन गर्ने तथा व्यवसाय विस्तारमा देखिएका अवरोध हटाउने विषयमा महासंघले प्रभावकारी भूमिका खेलेको उनको भनाइ छ।

ढकालका अनुसार निजी क्षेत्रका लागि चुनौती मानिएको ‘कालो बजार ऐन’ संशोधन तथा निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग को दायरामा राख्ने जस्ता संवेदनशील विषयमा महासंघले सशक्त पैरवी गरेको थियो। यी मुद्दाहरूमा नीति सुधारका लागि सरकारसँग निरन्तर संवाद र दबाब सिर्जना गरिएको उनले बताए।

त्यसैगरी, आन्तरिक पूँजी परिचालनमार्फत ठूला आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने आत्मविश्वास निजी क्षेत्रमा जगाउन पनि आफ्नो नेतृत्व सफल भएको उनले दाबी गरे। स्वदेशी लगानीलाई प्राथमिकता दिँदै ठूला पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सकिने सन्देश स्थापित भएको उनको भनाइ छ।

ढकालले आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिका रूपमा सरकारद्वारा स्वीकृत ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति’ लाई उल्लेख गरे। महासंघले तयार पारेको मस्यौदालाई सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै स्वीकृति दिँदै लागू गर्नु निजी क्षेत्रको इतिहासमा महत्वपूर्ण मोड भएको उनले बताए। यसले निजी क्षेत्रलाई दीर्घकालीन नीतिगत स्थायित्व र संरक्षण प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा बोल्दै उनले भने, “हाम्रो कार्यकालमा निजी क्षेत्रका धेरैजसो मुद्दाहरू निष्कर्षमा पु¥याइएको छ। चाहे कानून संशोधनका विषय हुन्, चाहे लगानी प्रवद्र्धन, चाहे व्यवसायिक वातावरण सुधार—यी सबै क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन्।”

निःवर्तमान अध्यक्ष ढकालले आफू वरिष्ठ उपाध्यक्ष हुँदादेखि सहयोग गर्ने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए। पदमा रहे पनि नरहे पनि निजी क्षेत्रको हकहितका लागि सधैं सक्रिय रहने उनले स्पष्ट पारे।

उनले रोजगारी सिर्जना, राजस्व वृद्धि, पूर्वाधार विकास तथा सेवा प्रवाह सुधारजस्ता क्षेत्रमा नयाँ नेतृत्वसँग सहकार्य गरेर अघि बढ्ने इच्छा व्यक्त गरे। निजी क्षेत्रलाई देशको आर्थिक विकासको प्रमुख चालक शक्तिका रूपमा स्थापित गर्न निरन्तर पहल आवश्यक रहेको उनको निष्कर्ष छ।

1

Scroll to Top