Banijya News

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक सुरू

1
1.0K Shares

मन्त्रिपरिषद बैठक सुरू भएको छ। बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरू भएको हो। नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले ढिलो गरी बजेट अधिवेशन बोलाएका कारण अधिवेशनको पहिलो दिन (सोमबार) नै राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। संसद्का प्रवक्ता एकराम गिरीले अधिवेशनको पहिलो दिन संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।
नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल हुने र निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ। नीति तथा कार्यक्रम पारित भएपछि प्रि–बजेट (बजेटपूर्वको छलफल) सुरु हुनेछ।

1

Scroll to Top