Banijya News

मोदी इनर्जीको घाटामा कमी, ईपीएस अझै ऋणात्मक

1
1.0K Shares

मोदी इनर्जी लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनी ६ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ७ करोड ४५ लाख रुपैयाँ घाटामा थियो ।

विद्युत बिक्रीमार्फत कम्पनीले ३४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.४४ प्रतिशतले कम हो । तर, यही अवधिमा कम्पनीको प्रशासनिक बिक्री तथा वितरण खर्च भने बढेको छ । कम्पनीले प्रशासनिक बिक्री तथा वितरण शीर्षकमा १९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा भने यस्तो खर्च १९ लाख ८३ हजार रुपैयाँ थियो ।

यस्तै, कम्पनीको वित्त खर्च २२ करोड ४९ लाखबाट घट्दै १६ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफा ३० करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको रिर्जभ १ अर्ब १९ करोड रुपैयाँ ऋणात्मक अवस्थामा छ ।

चालु आवको नौ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.११ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ५८.६२ रुपैयाँ, तरलता अनुपात ०.६४ प्रतिशत र मूल्य आम्दानी अनुपात ८९.३५ गुणा ऋणात्मक रहेको छ ।

1

Scroll to Top