Banijya News

अर्थमन्त्रीसमक्ष राष्ट्र बैङ्कका गभर्नरले बुझाए बजेट सुझाव प्रतिवेदन

1
1.0K Shares

आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट तर्जुमा गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्कले आफ्नो सुझावसहितको पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन सरकारलाई बुझाएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष ‘मुलुकको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन’ पेस गरेका हुन् ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ६९ (४) मा भएको व्यवस्था बमोजिम राष्ट्र बैङ्कले हरेक वर्ष सरकारको वार्षिक बजेट तर्जुमा गर्नका लागि आर्थिक तथा वित्तीय अवस्थाको विश्लेषणसहितको प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । सोही ऐनको दफा (५) अनुरूप बैङ्कले यो प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनमा मुख्यतः मुलुकको वर्तमान मुद्रास्फीति र मूल्य वृद्धिको प्रक्षेपण, वैदेशिक मुद्रा सञ्चिति र भुक्तानी सन्तुलनको पछिल्लो अवस्था, बैङ्किङ क्षेत्रको तरलता, बजेटमार्फत लिइनुपर्ने राजस्व नीति र मौद्रिक नीतिबीचको सामञ्जस्यताका विषय समेटिएका छन् ।

प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले राष्ट्र बैङ्कको सुझावलाई आगामी बजेटको मुख्य आधार बनाइने बताए । उनले विद्यमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्दै उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी बजेट निर्माण गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

1

Scroll to Top