Banijya News

विकास हाईड्रोपावरको नाफा ६२१% ले बढ्यो

1
1.0K Shares

विकास हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत् बिक्री आम्दानी बढेसँगै कम्पनीमा नाफामा उछाल आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा १३ करोड ८१ लाख रुपैयाँबराबरको विद्युत् बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत् बिक्रीमार्फत ९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

विद्युत् बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत ६२१.९८ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा ७ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९८ लाख ४५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको वित्त खर्चसमेत घटेको छ । अघिल्लो आवमा ३ करोड ८३ लाख रहेको कम्पनीको वित्त खर्च घटेर १ करोड ७६ लाखमा सीमित बनेको छ । कम्पनीको कर्मचारी सुविधा खर्च ७५ लाख ६४ हजार, प्रशासनिक खर्च ३९ लाख ९२ हजार र ह्रासकट्टी खर्च २ करोड ६६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको रिजर्भको आकार ८ करोड ७५ लाख पुगेको छ । अघिल्लो आवमा कम्पनीको रिजर्भको आकार २३ लाख ८७ हजार रुपैयाँले ऋणात्मक अवस्थामा थियो ।

चालु आवको नौ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी १०.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.६४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७१.२४ गुणा र तरलता अनुपात ५.१० प्रतिशत रहेको छ ।

1

Scroll to Top