Banijya News

नेको इन्स्योरेन्सको नाफामा गिरावट, बीमा कोष बढेर ५ अर्ब नाघ्यो

1
1.0K Shares

नेको इन्स्योरेन्सको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफामा कमी आएको देखिएको हो । चालु आवको नौ महिनामा १६ करोड ३९ लाख नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा कम हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीले ३६ करोड ९३ लाख नाफा कमाएको थियो ।

कम्पनीको कुल बीमा शुल्क सङ्कलन पनि घटेको छ । चैतसम्म कम्पनीले २ अर्ब १२ करोड ५९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको चैतसम्ममा कम्पनीले २ अर्ब १६ करोड १४ लाख कुल बीमा शुल्क सङ्कलन गरेको थियो । साथै, कम्पनीको खुद बीमा शुल्क आर्जन पनि घटेको छ । कम्पनीले नौ महिनाको अवधिमा १ अर्ब २२ करोड ७० लाख खुद बीमा शुल्क सङ्कलन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २२ करोड ७९ लाख खुद बीमा शुल्क सङ्कलन गरेको थियो ।

तर, कम्पनीको बीमा कोषको आकार भने बढेको छ । चालु आवको नौ महिनामा कम्पनीको बीमा कोषमा ५ अर्ब १३ करोड ६७ लाख रहेको छ । गत वर्षको यही अवधिमा बीमा कोषमा ३ अर्ब ५३ करोड ९१ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ७७ करोड २२ लाख रहेको छ । चैतसम्म कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ३४ करोड ४६ लाख, महाविपत्ति कोषमा १७ करोड २ लाख, रिटेन्ड अर्निङमा ३७ करोड र अन्य इक्विटीमा ४१ करोड ६२ लाख रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७.७४ रुपैयाँ कायम भएको छ ।

1

Scroll to Top