Banijya News

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट

1
1.0K Shares

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत बैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २९ लाख ४८ हजार ९ सय ६६ जनाले ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये २७ लाख ७१ हजार २ सय ५२ आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।
आईपीओ बाँडफाँट हुँदा २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । बाँडफाँटपछि पाँच कित्ता रहेकोमा पाँच जनाले थप एक कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

1

Scroll to Top