Banijya News

सहकारी संस्था दर्ताका लागि असार मसान्तसम्म म्याद थप

1
1.0K Shares

राष्ट्रिय सहकारी प्राधिकरणले सहकारी संस्थाको दर्ता प्रक्रियाका लागि पुनः आह्‌वान गरेको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई सरकारले सहकारी ऐन २०८४ संशोधन अध्यादेशमार्फत प्राधिकरणमा दर्ता हुन आह्‌वान गरेको हो । प्राधिकरणले सहकारी संस्था दर्ता गर्न आगामी असार ३२ गतेसम्मको समय तोकेको छ ।

सरकारले अध्यादेश मार्फत प्राधिकरणलाई शक्तिशाली बनाएको छ । दर्ता नहुने सहकारीलाई के गर्ने भन्ने बारेमा निर्णय गर्न प्राधिकरणलाई पूर्ण अधिकार दिइएको छ । यसअघि प्राधिकरणले तोकेको समयावधिमा सञ्चालन इजाजत पत्र पाउने सहकारीको संख्या २ हजार २ सय ६२ रहेको थियो । देशभर करिब ३३ हजार सहकारी दर्ता छन् । प्राधिकरणका अनुसार पूरा विवरण प्रविष्ट गरेका ३ हजार ७ सय ५९ र आंशिक विवरण प्रविष्ट गरेका ४ हजार ७ सय ८९ सहकारी संघसंस्थाहरु इजाजत पत्र लिने प्रक्रियामा छन् ।

प्राधिकरणमा दर्ता प्रक्रिया मात्र सुरु गरेका सहकारीको संख्या करिब १० हजारको हाराहारीमा छ । यो भनेको हाल सञ्चालनमा रहेका सहकारीको करिब ३० प्रतिशत मात्र हो । सरकारी तथ्याङ्कअनुसार हाल ३२ हजार सहकारी छन् । यो संख्या बचत तथा ऋणको मात्र भने होइन । प्राधिकरणले करिब १५ हजार सहकारी संस्था दर्ता हुन आउने अनुमान गरेको थियो ।

1

Scroll to Top