Banijya News

कालिन्चोक हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

1
1.0K Shares

कालिन्चोक हाइड्रोपावरको शेयर आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । सो कम्पनीको शेयर आउँदो सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।

नेप्सेमा कालिन्चोक हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल ५५ लाख कित्ता शेयर सूचीकृत भएको छ । जसमा सर्वसाधारणको १३ लाख ७५ हजार कित्ता (२५ प्रतिशत) र संस्थापकको ४१ लाख २५ हजार कित्ता (७५ प्रतिशत) रहेको छ ।

पहिलो कारोबारका लागि नेप्सेले कालिन्चोक हाइड्रोपावरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ तोकेको छ । कारोबार संकेत भने यो कम्पनीले ‘केएचपीएल’ पाएको छ ।

सोमबार स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ ।
कालिन्चोक हाइड्रोपावरले गत चैत २२ गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । आईपीओ बाँडफाँट भने वैशाख ७ गते गरिएको थियो ।

1

Scroll to Top