Banijya News

व्यक्तिगत आयकरको सीमा दोब्बर बढाइयो, पुग्यो १० लाख

1
1.0K Shares

सरकारले व्यक्तिगत आयकरको सीमा दोब्बर बनाउँदै १० लाख रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको सीमा १० लाख रुपैयाँ कायम गरिएको घोषणा गरेका हुन् ।

मध्यमवर्गीय परिवारको क्रयशक्ति वृद्धि गर्ने र कर प्रणालीलाई थप प्रगतिशील तथा न्यायपूर्ण बनाउने उद्देश्यसहित सरकारले यस्तो नीति लिएको हो । यसबाट करदाताहरूको आम्दानीमा हुने करको भार कम भई घरयासी खर्चका लागि थप स्रोत उपलब्ध हुने र आर्थिक क्रियाकलाप चलायमान हुने अपेक्षा गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

1

Scroll to Top