Banijya News

भन्सार दरको तह घटाइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज

1
1.0K Shares

सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको ।

कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए । ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ । भन्सार विन्दुमा संकलन हुने छरिएका करलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको छ । सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगेर विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा एक प्रतिशत थप गरि तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिइने व्यवस्था घोषणा गरेका हुन् । यसो गर्दा शुल्क जरिवाना, थपदस्तुर विलम्ब शुल्क वा ब्याज मिनाहा गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए ।

1

Scroll to Top