Banijya News

दश महिनामा भित्रिए ४ अर्बबढीका विद्युतीय सवारीसाधन

1
1.0K Shares

चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन भित्रिएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात दुई अर्ब ३७ करोड अर्थात् १४३.६० प्रतिशतले वृद्धि भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार, वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात भएको छ । गत आवको १० महिनामा यो नाका हुँदै एक अर्ब ६५ करोड मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विद्युतीय सवारीसाधन आयात गरिएका थिए । त्यसवापत ८१ करोड ४७ लाख राजस्व संकलन भएको थियो ।

चालु आवको १० महिनामा एक अर्ब ८७ करोड मूल्य पर्ने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । त्यसवापत एक अर्ब १९ करोड राजस्व संकलन भएको छ । जबकि गत आवको १० महिनामा भने दुई करोड छ लाख मूल्य पर्ने छ वटा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो ।

यस्तै, चालु आवको १० महिनामा एक अर्ब १७ करोड मूल्य पर्ने आठ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात हुँदा ३८ करोड ५५ लाख राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा रु करोड ९६ लाख मूल्य पर्ने चार हजार ८३४ वटा विद्युतीय मोटरसाइकल र स्कुटर आयात भएका थिए । ती सवारीसाधनको आयातबाट मात्रै २० करोड १५ लाख राजस्व संकलन भएको थियो ।

1

Scroll to Top