अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको लक इन अवधि आगामी असार महिनामा सकिने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि असार २१ गते समाप्त हुन लागेको हो ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका कुल सेयरमध्ये लक इनमा रहेका १५ लाख ६३ हजार कित्ता सेयरको अवधि तोकिएको मितिमा समाप्त हुन लागेको हो । जसमा संस्थापक सेयर १३ लाख ३० हजार कित्ता रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरिएको २ लाख २० हजार कित्ता र कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरिएको १३ हजार कित्ता सेयर रहेको छ ।


