एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुनर्जागरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको घोषणा गरेको हो ।
कम्पनीले ५ वर्षदेखि माथिको अवधिका लागि २५ प्रतिशत, ५ वर्ष व्यतित भएका लागि ५० प्रतिशत र २ वर्ष व्यतित भएका लागि शतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको हा ।
कम्पनीले २०८३ वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका) बीमालेखहरुमा जेठ २० गतेदेखि असार १९ गतेभित्र नविकरण गर्ने बीमितहरुलाई छुट प्रदान गरिने जनाएको छ । तर, २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनःब्याज छुट प्रदान गरिने छैन ।


