Banijya News

राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष पाण्डे पक्राउ

1
1.0K Shares

राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई बुधबार धनुषाबाट नियन्त्रणमा लिएको हो । बैंकिङ अनियमितता तथा कर्जा दुरुपयोग सम्बन्धी आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सीआईबीका अनुसार पाण्डेमाथि महोत्तरीमा स्थापना गरिएको एक कम्पनीमार्फत बैंकबाट कर्जा प्राप्त गरी त्यसको प्रयोग तोकिएको उद्देश्यभन्दा बाहिर गरेको आरोप छ । अनुसन्धानका क्रममा कर्जा स्वीकृतिका लागि आवश्यक कागजात तथा धितो मूल्यांकन प्रक्रियामा समेत अनियमितता भएको आशंका गरिएको छ ।

उच्च अदालत पाटनबाट जारी पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रमा रहेको जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो ।

पाण्डे स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा संलग्न व्यवसायीका रूपमा परिचित छन् । उनी राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्षका साथै जानकी मेडिकल कलेजका अध्यक्षसमेत हुन् । प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गत घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।

1

Scroll to Top