Banijya News

स्वास्थ्य लाभपछि प्रचण्ड अवस्पतालबाट डिस्चार्ज

1
1.0K Shares

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन्। गत शनिबार मेडिसीटी अस्पतालमा भर्ना भएका प्रचण्ड मङ्गलबार डिस्चार्ज भएका हुन्। स्वास्थ्यमा सुधार भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन्।

श्वासप्रश्वासमा समस्या देखिएपछि प्रचण्डलाई अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षण गर्दा फोक्सोमा सामान्य निमोनिया सङ्क्रमण भएको देखिएको अस्पतालले गत आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

1

Scroll to Top