Banijya News

तरलता व्यवस्थापन गर्न ७० अर्ब झिक्दै राष्ट्र बैंक

1
1.0K Shares

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि सोको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निरन्तर पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले लगातार पैसा तानिरहेको हो ।

यसै क्रममा केन्द्रीय बैंकले जेठ २२ गते फेरि बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यो ७७ दिने निक्षेप संकलन उपकरणको आउँदो भदौ ५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

1

Scroll to Top