नेपाली बजारमा सुनको मूल्य एकै दिन ८ हजार २ सय रुपैयाँले घटेको छ । शनिवार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन लाख ८ सय रुपैयाँ पुगेको हो । त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ मूल्यमा कारोबार भएको छ ।


