Banijya News

डिम्याट खातामा अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुँदै

1
1.0K Shares

नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा तथा पुराना खाता नवीकरण वा विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सूचना जारी गर्दै २०८३ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तथा विद्यमान सबै हितग्राही खातामा राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले नयाँ वा पुराना सबै डिम्याट खातामा राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न लागिएको बताइएको छ ।

कम्पनीका अनुसार २०८३ जेठ १३ गतेको निर्णयअनुसार खाता खोल्ने, नवीकरण गर्ने तथा विवरण अद्यावधिक गर्ने क्रममा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

पछिल्ला वर्षहरूमा डिम्याट खाताको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । यस्तो अवस्थामा लगानीकर्ताको एकीकृत पहिचान सुनिश्चित गर्न तथा दोहोरो वा त्रुटिपूर्ण विवरण नियन्त्रण गर्न राष्ट्रिय परिचयपत्रलाई पूँजीबजार प्रणालीसँग आबद्ध गर्न खोजिएको बताइएको छ ।

1

Scroll to Top