Banijya News

सिटिजन्स बैंकद्वारा काठमाडौँसहित सातै प्रदेशमा १५०० बिरुवा रोपण

1
1.0K Shares

विश्व वातावरण दिवस २०२६ को अवसर पारेर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘क्लाइमेट एक्सन’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘एक खाता, एक रुख’ अभियानलाई अघि बढाउँदै वातावरण संरक्षण तथा दिगो भविष्य निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो।

बैंकले २०८३ साल जेठ २३ गते शनिबार काठमाडौँको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा मुख्य वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा करिब २५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जनाएको छ। साथै, देशव्यापी रूपमा कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत गरी कुल १५०० वटा बिरुवा रोपिएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ नगरपालिका–१ का वडाध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापन र कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्रत्येक बिरुवाले भविष्यका पुस्ताका लागि स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन सुनिश्चित गर्न योगदान गर्ने विश्वास व्यक्त गरे।

सिटिजन्स बैंकले वित्तीय सेवा मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा अघि बढाइरहेको उल्लेख गर्दै पोखरेलले वातावरण संरक्षण, समुदाय विकास तथा दिगो भविष्यका लागि बैंकले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने बताए।

बैंकले यसअघि पनि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालयहरूलाई सहयोग लगायतका सामाजिक कार्यक्रम गर्दै आएको जनाएको छ। डिजिटल बैंकिङ, नयाँ बचत खाता, भर्चुअल क्रेडिट कार्ड र एकीकृत अनलाइन प्लेटफर्म जस्ता नवप्रवर्तनात्मक सेवामार्फत बैंकले आफ्नो सेवा विस्तार गरिरहेको पनि उल्लेख गरिएको छ।

1

Scroll to Top