Banijya News

महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने आजै शपथ लिने

1
1.0K Shares

स्वतन्त्र सांसद तथा प्रविधि अभियन्ता महावीर पुन वर्तमान सरकारमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्। मुलुकको उद्यमशीलता, अनुसन्धान र सूचना प्रविधिको क्षेत्रमा लामो समयदेखि क्रियाशील पुनलाई देशको प्रविधि क्षेत्रको नेतृत्व सुम्पिँदै प्रधानमन्त्री बालेन शाहले मन्त्री पदका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन । राष्ट्रिय आविष्कार केन्द्रमार्फत नवीन प्रविधि र युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्दै आएका  पुनको मन्त्रीमण्डलमा सहभागितालाई आम नागरिक र प्रविधि वृत्तमा निकै चासो र सकारात्मक रूपमा हेरिएको छ।

यसैगरी, राजनीतिक वृत्तमा अर्को महत्त्वपूर्ण हेरफेर स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न फर्कने भएका छन्। गृह प्रशासनलाई चुस्त र व्यवस्थित बनाउन प्रभावकारी भूमिका खेल्ने अपेक्षासहित प्रधानमन्त्री शाहले उहाँलाई पुनः सोही मन्त्रालयको कमाण्ड सुम्पनलागेका हुन  । मन्त्रीद्वय पुन र गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आजै दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहका बीच तय गरिएको छ।

1

Scroll to Top