Banijya News

कियाको के३ सेल्टोस नेपाली बजारमा, के–के छन् विशेषता ?

1
1.0K Shares

किया नेपालले किया के३ सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडांैको गैरीधारास्थित सिल्भर ओकमा विशेष समारोह आयोजना गरी उक्त एसयुभी सार्वजनिक गरेको हो । तेस्रो पुस्ताको यो सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक अपग्रेडहरू समावेश छन् ।

कियाको नयाँ के३ प्लेटफर्ममा निर्मित अल न्यु किया के३ सेल्टोसमा ठूलो र बलियो बडी संरचना छ, जसले थप फराकिलो क्याबिन, उच्च स्तरको आराम र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्छ ।

भारतमा रहेको कियाको अत्याधुनिक प्लान्टमा निर्मित यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ । यो नयाँ एसयुभीमा ‘लेभल २ एडिएस’, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधा, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता विशेषताहरू रहेकाले यो आफ्नो सेगमेन्टकै सबैभन्दा धेरै सुविधायुक्त एसयुभीमध्ये एक बन्न पुगेको छ ।

अल न्यु किया के३ सेल्टोसले ८१ मा ७६.७ अंक प्राप्त गर्दै ‘फाइभ–स्टार बीएनसीएपी’ सुरक्षा रेटिङ हासिल गरेको छ, जुन यस सेगमेन्टकै उत्कृष्ट सुरक्षा स्कोरहरूमध्ये एक हो । किया नेपालका कार्यकारी उपाध्यक्ष रेखा घिमिरेका अनुसार, अल न्यु किया के३ सेल्टोसमा नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उत्कृष्ट सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धता झल्किन्छ ।

अल न्यु किया के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै विक्री गर्ने कम्पनीको योजना छ । जसले ग्राहकलाई विभिन्न मूल्य र विशेषताहरूका आधारमा छनोटको फराकिलो विकल्प दिनेछ । यो एयुभी अहिले देशभर रहेका किया नेपालका आधिकारिक डिलर नेटवर्क मार्फत उपलब्ध हुने बताइएको छ ।

1

Scroll to Top