Banijya News

नेप्सेमा १२.२६ अकंको गिरावट, कारोबार ४ अर्बमाथी

1
1.0K Shares

 

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १२.२६ अङ्कले घटेर २७११.७६ विन्दुमा कायम भएको हो ।

आज बजारमा कूल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री भएका छन्। आज कूल ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ७३ वटाको मूल्य बढेको छ भने १८८ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

आजको बजारमा सोपान फर्मास्युटिकल्स र अपोलफ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यी दुवै कम्पनीको सेयर मूल्यमा १४.९९ प्रतिशतको वृद्धि देखिएको छ ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। यस कम्पनीको ३८ करोड ८५ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

दोस्रो स्थानमा नेपाल बैंक डिबेन्चर २०८५ को २७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंक २२ करोड ८८ लाखको कारोबारसहित तेस्रो स्थानमा छ।

 

1

Scroll to Top