Banijya News

सेयरबजार घट्दा पूँजीगत लाभकरमा ३७ प्रतिशतको गिरावट

1
1.0K Shares

पछिल्लो समय सेयरबजार निरन्तर गिरावट आउँदा यस क्षेत्रबाट प्राप्त हुने पूँजीगत लाभकरसमेत निरन्तर घटिरहेको देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा पूँजीबजारबाट ९ अर्ब ५४ करोड ४४ लाख रुपैयाँबराबरको पूँजीगत लाभकर मात्र प्राप्त भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.५ प्रतिशतले कम हो ।

गत आवको उक्त अवधिसम्म सरकारले पूँजीबजारबाट पूँजीगत लाभकरका रुपमा १५ अर्ब २७ करोड रुपैयाँ संकलन गरेको थियो ।

चालु आवको ११ महिनामध्ये सरकारले साउनमा सबैभन्दा बढी पूँजीगत लाभकर उठाएको छ । उक्त अवधिमा सरकारले २ अर्ब १५ करोड रुपैयाँ उठाएको थियो । यस्तै, चैतमा पनि सरकारले १ अर्ब ७३ करोड उठाएको छ ।

चालु आवको भदौ महिनामा ६० करोड १४ लाख, असोजमा २४ करोड ३९ लाख, कात्तिकमा ३८ करोड ५ लाख, मंसिरमा ६२ करोड ९८ लाख र पुसमा ५८ करोड ४३ लाख लाभकर उठेको थियो । त्यस्तै, माघ महिनामा १ अर्ब २९ करोड, फागुनमा ५५ करोड १५ लाख र वैशाख महिनामा ९३ करोड ६१ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको विवरण छ ।

1

Scroll to Top